global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आज देशभर सार्वजनिक बिदा, बैंक, बीमा कम्पनी र सेयर बजार बन्द रहने

आज देशभर सार्वजनिक बिदा, बैंक, बीमा कम्पनी र सेयर बजार बन्द रहने

आज देशभर सार्वजनिक बिदा, बैंक, बीमा कम्पनी र सेयर बजार बन्द रहने

आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ ।

सो अवसरमा आज बैंक, बीमा कम्पनी, शेयर बजारका साथै सरकारी कार्यालयहरु पनि बन्द हुन्छन् ।

धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीलगायत स्थानमा मेलासमेत लाग्दछ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् ।

प्रकाशित समय : १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु