गृहपृष्ठ भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफको १ करोड ५० लाखको सहयोग
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफको १ करोड ५० लाखको सहयोग
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उक्त सहयोग गरेको हो ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।
जेनजी प्रदर्शनका क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुननिर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको उनले बताए ।
प्रकाशित समय : १२:३८ बजे



















