global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो

गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो

गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो

गुल्मी । गुल्मीदरबार गाउँपालिका–३ गौंडाकोटको म्यालपोखरीमा चार करोड ५० लाखको लागतमा १६ कोठाको दुईतले भवन निर्माण थालिएको छ ।

आगामी २०८४ वैशाख १५गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए । आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा पालिकालाई कठिनाइ भएको थियो ।

स्थानीय म्यालपोखरी माध्यमिक विद्यालयसँग समन्वय गरी पालिकाको नाममा जग्गा व्यवस्थापन भएपछि भवन निर्माण थालिएको हो ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु