global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन

विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन

विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी  मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा आज पुनरावेदनको निवेदन दर्ता गरेको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट भएको फैसला उपर पुनरावदेन दिएको हो ।

आयोगले रानाभाटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुरमा बिगो रु तीन करोड १५ लाख ८१ हजार ६६ दशमलब ८० कायम गरी मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको थियो ।

विशेष अदालतले मिति २०८१ जेठ २९ गते सफाई दिएकाले उल्लिखित फैसलाउपर चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु