काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भायानेटले सार्वजनिक गर्‍यो ‘सुपर हिट इन्टरनेट प्याक’

1.5K
shares

काठमाडौँ। नेपालका अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक भायानेट कम्युनिकेसन लिमिटेडले नयाँ ‘सुपर हिट इन्टरनेट प्याक’ बजारमा ल्याएको छ। उच्च गति, भरपर्दो सेवा र किफायती मूल्य लक्षित गरी तयार गरिएको यो प्याकेज सबै प्रकारका ग्राहकका लागि उपयुक्त हुने भायानेटले जनाएको छ।

यस प्याकअन्तर्गत १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध छ। तीमध्ये सबैभन्दा लोकप्रिय २०० एमबीपीएस वार्षिक प्याकेज ११,२०० (भ्याटसहित) मा उपलब्ध गराइएको छ। साथै, २०० एमबीपीएस वा सोभन्दा माथिका वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले १ महिना इन्टरनेट निःशुल्क पाउनेछन्।

यस्ता प्याकेज खरिद गर्ने ग्राहकका लागि भायानेटले ‘प्राथमिक सेवा’ र ‘उही दिन सहायता’ सुविधा पनि लागू गरेको जनाएको छ। कम्पनीका अनुसार दिउँसो ३ बजे अघिसम्म दर्ता भएका इन्टरनेट सम्बन्धी गुनासाहरू सोही दिनमै प्राथमिकताका साथ समाधान गरिनेछ।

इन्टरनेटको अनुभव अझ सहज र स्थिर बनाउनका लागि भायानेटले मेश राउटर पनि विशेष छुटमा उपलब्ध गराएको छ। सामान्यतया ३,००० पर्ने मेश राउटर २,५०० मा पाइनेछ।