काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखराले जनकपुरलाई दियो १ सय ५६ रनको लक्ष्य

1.34K
shares

सुमित वर्माको अर्धशतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार पारेको थियो ।

पोखराका लागि सुमितले २९ बलमा चार छक्का र दुई चौकाको मद्दतले अविजित ५० रनको योगदान गरे । यसैगरी दिनेश खरेलले ३८, तृतराज दासले २९ र एडम रोसिङ्गटनले २४ रन बनाए ।

जनकपुरका लागि सञ्जय कृष्णमुर्तिले तीन तथा ललितनाराण राजवंशी र कप्तान अनिलकुमार साहले एक–एक विकेट लिए ।