global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ओलाङचुङगोला जाने सडक मर्मत

ओलाङचुङगोला जाने सडक मर्मत

ओलाङचुङगोला जाने सडक मर्मत

अवरुद्ध रहेको ताप्लेजुङको ओलाङचुङगोला जाने सडक मर्मतपछि पुनः सवारीसाधन सञ्चालनमा आउन थालेका छन् ।

सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सडक सफाइ र मर्मत सम्पन्न भएपछि दुईवटा मोटरसाइकल र एउटा ट्याक्टर ओलाङचुङगोलासम्म पुगेका छन् ।

फक्ताङलुङ गाउँपालिका–७ का वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार वर्षातका समयमा विभिन्न स्थानमा सडक भासिँदा र पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

हाल उक्त सडक मर्मतपछि सुकेपानीदेखि ओलाङचुङगोला–टिप्ताला सडकखण्ड फेरि सञ्चालनमा आएको उनले जानकारी दिए ।

सडक खुलेसँगै स्थानीय बासिन्दाले मोटरसाइकलसहितका साना सवारीसाधन चलाउन थालेका छन् । तर सुकेपानी र जोङिगन क्षेत्र हुँदै बग्ने तमोर नदीमा पानीको बहाव अझै उच्च रहेकाले सवारीसाधन तार्न कठिनाइ रहेको स्थानीयले बताएका छन् ।

एक दुई हप्ताभित्र तमोरको पानीको बहाव घट्ने अनुमान गरिएको छ । त्यसपछि ह्युम पाइप राखेर साना सवारी सहज रूपमा आवतजावत गर्न सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताए ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु