global ime bank Long Banner Ad

गृहपृष्ठ रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ ।

मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भएको छ । पक्की सडक बनेपछि स्थानीय हर्षित छन् ।

ढल व्यवस्थापन गर्न नौ वटा ह्युमपाइप बिछ्याइएका छन् भने २२५ मिटर पक्की नाला र पर्खाल पनि निर्माण गरिएको छ ।

प्रकाशित समय : ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु