global ime bank Long Banner Ad

गृहपृष्ठ एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा पुस ४ मा, लाभांश पारित गर्दै

एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा पुस ४ मा, लाभांश पारित गर्दै

एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा पुस ४ मा, लाभांश पारित गर्दै

आकर्षक लाभांश दिने घोषणा गरेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले साधारणसभा आह्वान गरेको छ । आगामी पुस ४ गते काठमाडौंको आम्रपाली ब्यांक्विटमा आयोजना गरिएको साधारणसभामा उपत्यकाबाहिर रहेकाहरूका लागि विद्युतीय हिसाबले समेत सहभागी हुन सक्ने बताइएको छ ।

यसअघि नै कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै, कम्पनीले यो बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीमा १ बराबर १ अनुपात अर्थात् शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

शुक्रबार जारी गरिएको सूचनामा कम्पनीले यही सञ्चालक समितिको प्रस्ताव पारित गर्नका लागि साधारणसभामा लैजान लागिएको जनाएको छ ।

 

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु