global ime bank Long Banner Ad

गृहपृष्ठ सभामुखमाथिको प्रस्तावमा असहयोग गर्ने कर्मचारीलाई कारबाही गर्ने सात दलको निर्णय

सभामुखमाथिको प्रस्तावमा असहयोग गर्ने कर्मचारीलाई कारबाही गर्ने सात दलको निर्णय

सभामुखमाथिको प्रस्तावमा असहयोग गर्ने कर्मचारीलाई कारबाही गर्ने सात दलको निर्णय

मधेश प्रदेशका निर्वतमान सभामुख रामचन्द्र मण्डलविरूद्ध ‘पद तथा आचरण अनुकूल काम नगरेको’ प्रस्तावमा असहयोग गर्ने कर्मचारीमाथि कारबाही गर्ने निर्णय भएको छ।

बिहीबार उपसभामुख बबिताकुमारी राउत ईशरको अध्यक्षतामा बसेको सातदलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि उपसभामुख ईशरले प्रस्ताव दर्तादेखि पारति हुने अवधिसम्म असहयोग गर्ने कर्मचारीलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिइन्।

‘प्रतिपक्षी दलहरूको बैठकबाट तत्कालीन सभामुखमाथि प्रस्ताव दर्ता भएको अवधिदेखि पारित भएको अवधिसम्म असहयोग गर्ने प्रदेशसभा सचिवालयका कर्मचारीलाई कारबाही गर्ने निर्णय भएको छ,’ उनले भनिन्।

सभामुख पदमुक्त भइसकेकाले निजी सचिवालयका कर्मचारीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ। उपसभामुख ईशरले कार्यालय सचिवालयका कर्मचारीहरूलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिइन्।

उनका अनुसार कार्यालय सचिवालयका सचिव, उपसचिव र केही अधिकृतहरू कारबाहीको घेरामा छन्। उपसभामुख ईशरले भनिन्,‘उनीहरूलाई कारबाहीस्वरूप स्पष्टीकरण सोधिनेछ, चित्तबुझ्दो जवाफ नआए कानुनबमोजिम दलीय सहमतिको आधारमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’

सर्वदलीय बैठकमा नयाँ सभामुख चयन गर्ने विषयमा समेत छलफल भएको छ। मुख्यमन्त्री नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको पूर्ण आदेश आइसकेपछि नयाँ सभामुख चयन गर्ने प्रक्रिया अगाडि बढाउने सहमति बैठकमा जुटेको छ।

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु