गृहपृष्ठ एसियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न
एसियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न
एसियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।
सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी शंसोधन गर्दै पूँजी संरचनामा पुनर्संरचना गर्ने तथा संस्थापक र सर्वसाधारण समूहको शेयर संरचनासमेत पुनरसन्तुलन गर्ने निर्णय पनि ग-यो ।
साथै सभाले १ सय अंकित दरका ४२ लाख (बयालीस लाख) कित्तासाधारण शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्दै प्रशासनिक, वित्तीय र प्राविधिक सुधारका लागि सञ्चालक समितिलाई आवश्यक निर्णय गर्ने अधिकार प्रदान ग-यो ।
प्रकाशित समय : १९:२७ बजे



















