गृहपृष्ठ महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित
महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित
नेपालले बङ्गलादेशमा जारी महिला कबड्डी विश्वकपमा तेस्रो जित निकालेको छ ।
ढाकामा बिहीबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले केन्यालाई २८–२१ ले हरायो । यस जितसँगै नेपालले चार खेलबाट ६ अङ्क बनाएको छ ।
नेपालले समूहको पहिलो खेलमा जन्जिबरलाई ५८–१६ ले हराएको थियो । नेपालले दोस्रो खेलमा पोल्यान्डलाई ६३–२५ ले हराएको थियो ।
नेपालले तेस्रो खेलमा भने चाइनिज ताइपेईसँग ३१–१५ ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेल शनिबार इरानसँग खेल्नेछ ।
प्रकाशित समय : १९:२३ बजे



















