global ime bank Long Banner Ad

गृहपृष्ठ बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ

बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ

बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर बिहीबार नेपाली सेना सरसफाइ गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा छरिएको शतबीजलगायत फोहर सफाइ सुरु गरिएको छ ।

बालाचतुर्दशीका अवसरमा मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्रमा रातभर दिवङ्गत पितृका नाममा महादीप दान गरी बसेका भक्तजनले बुधबार बिहान मृगस्थली, किरातेश्वर, गुह्येश्वरी, गौरीघाटलगायत विभिन्न स्थानमा शतबीज छरेका थिए ।

शतबीज लगायत वर्तालु रातभर पशुपति क्षेत्रमा बस्दा जम्मा भएको फोहरको सफाइ बुधबारदेखि नै सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन ।

पशुपति क्षेत्रको मुख्य मन्दिर क्षेत्रदेखि सुरु गरिएको सफाइ अन्य स्थानमा पनि गरिने उनले सुनाइन ।

केही दिनमै पशुपति क्षेत्रका सबै ठाउँमा गरिने कोषले जनाएको छ । पशुपति क्षेत्रको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, भक्तजनलगायत सहभागी भएका छन् ।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु