global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू

सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू

सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू New Sajha Yatayat buses

किमाथाङ्का । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।

कोशी राजमार्गअन्तर्गत १७ दशमलव पाँच किलोमिटर सडकखण्डमा ४५ मिनेट कायम रहनेगरी ‘टाइम कार्ड’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।

गन्तव्यमा चाँडो पुग्ने बहानामा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न गत भदौमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो प्रणाली लागू गर्ने निर्णय गरेको थियो । जिल्लामा दैनिक दुई सय यात्रुवाहक तथा मालवाहक सवारीसाधन आवतजावत हुने गरेका छन् ।

जिल्लास्थित यातायात व्यवसायीसँगको समझदारीमा टाइम कार्ड लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । यस क्रममा दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न निगरानी राखिने उनले बताए ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु