गृहपृष्ठ निर्वाचनको तयारीबारे आयोगसँग प्रधानमन्त्री कार्कीले लिइन् जानकारी

निर्वाचनको तयारीबारे आयोगसँग प्रधानमन्त्री कार्कीले लिइन् जानकारी

निर्वाचनको तयारीबारे आयोगसँग प्रधानमन्त्री कार्कीले लिइन् जानकारी प्रधानमन्त्री कार्की-सम्बोधन काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएकी छन्।

बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका लागि आयोगले अहिलेसम्म गरेका तयारीबारे जानकारी लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

त्यस्तै मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका लागि भएका प्रयासबारे पनि प्रधानमन्त्रीले चासो व्यक्त गरेकी थिइन्। छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नका लागि सबैको सहयोग हुने बताएको प्रवक्ता भट्टराईले जानकारी दिए।

 

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु