गृहपृष्ठ पवन आचार्य सानिमा बैंकको सीईओमा नियुक्त

पवन आचार्य सानिमा बैंकको सीईओमा नियुक्त

पवन आचार्य सानिमा बैंकको सीईओमा नियुक्त

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आचार्यलाई आउँदो माघ १२ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो। आचार्य हाल बैंकमा नायब सीईओका रुपमा कार्यरत छन्।

हाल बैंकको सीईओमा निश्चलराज पाण्डे छन्। उनको कार्यकाल आउँदो माघ ११ गतेबाट सकिँदैछ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु