गृहपृष्ठ शिवम् सिमन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता
शिवम् सिमन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको शिवम् सिमेन्टले बक्यौता रकमको पहिलो किस्ता नेपाल विद्युत प्राधिकरणलाई तिरेको छ।
मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमबारबाट तिर्न सुरु गरेको हो। पहिलो किस्ता तिरेपछि गत कात्तिक ४ गते काटिएको विद्युत लाइन पनि जडान गरिएको छ।
शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो। शिवम्को ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता रहेको छ।
प्रकाशित समय : १९:०८ बजे

















