गृहपृष्ठ मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। केहीबेरअघिबाट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठक नियमित भएकाले पछिल्ला विकसित घटनाक्रमसहित विभिन्न विषयमा छलफल र निर्णय गर्नसक्ने जनाइएको छ।
बैठक अघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गरेकी थिइन्।
प्रकाशित समय : १६:४४ बजे



















