global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।

न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उहाँले बताए । “भिरबाट झरेको ढुङ्गाले पुरेको छ । टाउको मात्र देखिएको छ, उनले भने, “उनको श्रीमान् र मचाहिँ सकुशल छौँ ।”

त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए । “उ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्”, उनले भने । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु