global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘विगतका गल्तीलाई सुधारेर अगाडि बढ्न रास्वपाले सहजकर्ताको भूमिका खेल्छ’

‘विगतका गल्तीलाई सुधारेर अगाडि बढ्न रास्वपाले सहजकर्ताको भूमिका खेल्छ’

‘विगतका गल्तीलाई सुधारेर अगाडि बढ्न रास्वपाले सहजकर्ताको भूमिका खेल्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले विगतका गल्तीलाई सुधार गरेर अगाडि बढ्न रास्वपाले सहजकर्ताको भूमिका खेल्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘जेनजी आन्दोलनका उपलब्धि अगाडिको बाटो र निकास’ विषय बृहत राजनीतिक संवादमा उनले विगतमा भएका गल्तीलाई सच्चाएर अगाडि बढ्नुपर्ने भन्दै त्यसको लागि रास्वपाले सहजकर्ता र संयोजकको भूमिका खेल्न तयार रहेको बताए ।

उनले भने, ‘राजनीतिको बुझाई र चेतको बारेमा पनि हामीले सुन्नु पर्ने भएको हुनाले आजको छलफलमा पुराना दललाई पनि समावेश गराएका हौं । हामीले के र कहा गल्ती गरेका थियौ त्यसलाई पनि सच्चाएर अगाडि बढ्नु पर्छ र त्यसको लागि रास्वपाले सहजकर्ता र संयोजकको भूमिका खेल्न सक्छ भने गरौं भनेर पनि छलफल आयोजना गरिएको हो ।’

यस्तै, उनले हामीभन्दा अगाडिदेखिको उपलधिलाई ग्रहण गरेर जगलाई बलियो बनाउनु पर्ने भन्दै यसमा सकेसम्म सबैलाई समेटेर अगाडि बढ्नु पर्ने बताए ।

उनले भने, ‘हामीले हामीभन्दा अगाडिदेखिको उपलब्धिलाई ग्रहण गरेर अगाडि बढ्नु पर्छ । इट्टा थप्ने नै हो जगलाई बलियो बनाउने नै हो । अगाडि जाने नै हो, त्यसमा पछाडी फर्कने कुरा छैन् । सकेसम्म सबैलाई समेटेर अगाडि जाउ ।’

आजको छलफलमा उठेका कुराहरु टिप्पणी गरेको भन्दै यो संवादलाई अझै निरन्तरता दिने पनि उनको भनाई छ । उनले भने, ‘आज तीन वटा विषयमा धारणाहरु आएका छन् । जेनजी आन्दोलनका विभिन्न पाटाहरु घाइते, मृतकहरुको कुरादेखि यसलाई कसरी संस्थागत गर्ने भन्ने कुराहरु आएको छ । यी सबै कुराहरुलाई हामी टिप्पणी पनि गरेका छौ । यो संवादलाई अझै निरन्तरता दिने नै छौ ।’

 

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु