काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्य घट्यो

2.15K
shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ ।