global ime bank Long Banner Ad

गृहपृष्ठ बाजुराको गौमुलमा पनि सहुलियत रुपमा चामल विक्री

बाजुराको गौमुलमा पनि सहुलियत रुपमा चामल विक्री

बाजुराको गौमुलमा पनि सहुलियत रुपमा चामल विक्री

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा पनि चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल विक्री सुरु गरिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडी बाजुराले गौमुलबाट पनि चामल बिक्री सुरु गरेको हो ।

स अघि गौमुलका स्थानीयले मार्तडी आएर सहुलित रुपमा चामल लिनुपर्ने बाध्यता थियो। अब गौमुलबाटै चामल बिक्री सुरु भए पश्चात् सहज हुने भएको छ। गाउँपालिकाको पहलमा सहुलियत मूल्यमा चामल बिक्री तथा वितरण गरिएको हो।

यहाँका नागरिकहरुलाई सहज रुपमा सहुलियत दरमा चामल उपलब्ध गराउँन तथा बजारको चर्काे मुल्यमा चामल किन्नु पर्ने समस्यालाई टाढा राख्न गाउँपालिकाको समन्वयमा चामल बिक्री वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताईन्।

साथै उनले गौमुलबासी आम नागरिकलाई सहुलियत रुपमा चामल लिन तथा बजारको चर्काे मुल्य पर्ने चामल नकिन्न आग्रह गरेकी छन्।गौमुलमा सहुलियत चामल बिक्री प्राविधिक समस्याले केही ढिलो भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ।
बाजुरा लगायत देशैभरि भदौ ३० देखि कात्तिक १० गतेसम्म दशैं तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियतको चामल, तेल, चिनी बिक्री गरिएको थियो ।

गौमुलमा प्रति व्यक्ति ५० केजीका हिसाबले वितरण गरिने भएको छ । प्रत्येक केजीमा ५ रुपैयाँ छुट दिईने छ । त्यस्तै बाजुराको पाण्डुसैन लगायत अन्य बिक्री केन्द्रबाट सहज रुपमा सहुलियत रुपमा चामल बिक्रीवितरण भईरहेको छ ।सहुलियत पसलका लागि जिल्लामा ३ हजार ५ सय क्विण्टल चामल र २ सय क्विण्टल चिनी कोटा छुट्याइ बिक्रि भईरहेको छ । कोटा अनुसार चामल बिक्रीवितरण कार्य कम भएकोले पछिसम्म पनि सहुलित रुपमा चामल बिक्रीवितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ।

प्रकाशित समय : ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु