गृहपृष्ठ चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सातवटा सवारीसाधन ठोक्किँदा २० जनाभन्दा बढी घाइते

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सातवटा सवारीसाधन ठोक्किँदा २० जनाभन्दा बढी घाइते

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सातवटा सवारीसाधन ठोक्किँदा २० जनाभन्दा बढी घाइते

रामेछाप । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार बिहान सात वटा सवारीसाधन आपसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटना बिहान करिब ७ः३० बजे भएको हो । मुग्लिनतर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एक आपसमा ठोक्किएपछि पछाडिपछाडि आएका अन्य सवारीसाधनहरू पनि दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

बसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसपछि बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्टिक माइक्रो, ग २ ख १६२६ नम्बरको अर्को बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबी ८४७० नम्बरको कार समेत एकैसाथ ठोक्किएका थिए ।

दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको नेसनल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि सडक केही समय अवरुद्ध भएको थियो। अहिले भने सवारी आवागमन आंशिक रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बिहानको समयमा हुस्सुको कारण दुर्घटना भएको हो वा ब्रेक फेल  भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु