गृहपृष्ठ मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको स्थलगत अनुगमन गरेको छ ।

उनले आज अनुगमनका क्रममा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक बजेट छुट्याउन पहल गर्ने बताए ।

आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको उल्लेख गर्दै उनले स्थानीय सरकारलाई शीघ्र राहत र पुनर्निर्माणमा आवश्यक सहयोग पु¥याउने व्यवस्था मिलाउन पहल गर्ने बताए।

मुख्यमन्त्री शाहले आन्दोलनबाट पुगेको क्षतिको मूल्याङ्कन गरी तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा सङ्घ तथा प्रदेश सरकारले चासो जानुपर्ने बताए । जेनजी आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट उत्पन्न चुनौतीलाई समाधान गर्दै पुनर्निर्माणको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारीमा नगरपालिकाले ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले मुख्यमन्त्री शाहलाई आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नगरपालिकालाई नौ करोड ५३ लाखभन्दा बढीको भौतिक क्षति भएको जानकारी गराए ।

नगरपालिकाले यसपालीको बजेटबाट पुनर्निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको र स्थानीय तथा सहयोगी दाताबाट सामग्री र नगद सङ्कलनको काम पनि अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत विनाडीले बताए ।

नगरपालिकाका विभिन्न सार्वजनिक संरचना, विद्यालय र व्यक्तिका घरधुरीमा क्षतिको समीक्षा गर्दै आवश्यक प्राथमिकताको सूची तयार गरेको जनाइएको छ ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु