गृहपृष्ठ चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बाजुरामा कार्यरत कर्मचारीले बुझाए ज्ञापनपत्र

चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बाजुरामा कार्यरत कर्मचारीले बुझाए ज्ञापनपत्र

चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बाजुरामा कार्यरत कर्मचारीले बुझाए ज्ञापनपत्र

बाजुरा । जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरुले तत्काल चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।

अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल श्रम ऐन ०७४, नियमावली ०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन ०७६ दफा ८२ मा करार सेवाका कर्मचारीहरुलाई पनि चाडपर्व भत्ता पाउने हक हुन्छ भन्ने स्पष्ट छ, र विगतका वर्षहरुमा चाडपर्व भत्ता प्रदान गर्दै आएको थियो । तर यो आर्थिक बर्षमा अहिलेसम्म भत्ता उपलब्ध गराएको छैन । उक्त ज्ञापन पत्रमा भनिएको छ ।

समान काम गर्ने स्थायी कर्मचारीहरुले पाउने सुविधा तत्काल करार सेवाका कर्मचारीहरुले पनि पाउनु पर्ने अस्पताल बाजुराका कर्मचारी लेखराज पाण्डेले बताए । चाडपर्व भत्ता उपलब्ध नहुँदा कर्मचारीहरुमा निराशा, असमान व्यवहारको अनुभूति र अन्यापूर्ण भएको उनको भनाइ छ ।
कर्मचारीहरुले ज्ञापनपत्र बुझाउँदै चाडपर्व भत्ता तत्काल उपलब्ध गराएर कर्मचारीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई आग्रह गरे । ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले कर्मचारीहरुको माग सम्बोधनका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।

प्रकाशित समय : ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु