global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

उत्तर–पश्चिमी श्रीलङ्काको पहाडी क्षेत्रमा केबलकार दुर्घटना हुँदा सात बौद्ध भिक्षुको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ ।

बुधबार राति विशाल ना उयाना वन मठभित्रको पहाडको माथिको ध्यान कक्षतिर जाँदै गर्दा पीडितहरू सानो अस्थायी क्याबिनमा जम्मा भएका थिए । कारमा १३ जना भिक्षु थिए । दुई जना थोरै घाइते भएर भाग्न सफल भए भने अन्य चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतकहरूमा भारत, रुस र रोमानियाका भिक्षुहरू रहेका छन् । प्रारम्भिक रिपोर्टले केबल टुटेको सङ्केत दिएको छ । केवल कार ट्र्याकमा जानुअघि उच्च गतिमा तलतिर खसेको थियो ।

उक्त मठ राजधानी कोलम्बोबाट एक ३० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ ।

रासस

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु