गृहपृष्ठ हुम्लामा सहुलियत पसल सञ्चालनमा आयो
हुम्लामा सहुलियत पसल सञ्चालनमा आयो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले सदरमुकाम सिमकोटमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । यहाँ सोमबारदेखि औपचारिक रूपमा खाद्यान्न बिक्री सुरु भएको छ ।
यहाँका नागरिकलाई सहुलियतमा चामल, चिनी र तेल बिक्री सुरु भएको हो । चामल र चिनीमा प्रति केजी पाँच र तेलमा प्रतिलिटर सात छुटमा बिक्री सुरु भएको शाखा कार्यालय प्रमुख कृष्णबहादुर थापा मगरले जानकारी दिए । यहाँ दुई ठाउँबाट चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याइएका छन् ।
नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र अदानचुली गाउँँपालिकाको केन्द्र श्रीनगर गरी थप दुई स्थानबाट सहुलियतमा बिक्री सुरु गरिने जनाइएको छ ।
प्रकाशित समय : १९:०२ बजे


















