गृहपृष्ठ ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ
ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताएको छ ।
आज सिंहदरबारमा ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उहाँले सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनःनिर्माणलाई तत्काल अघि बढाउने बताए । उनले पुनःनिर्माणका लागि सरकारी कोष खडा गर्ने जानकारी दिँदै देशभित्र र बाहिर रहेका सबै नेपालीलाई सहयोग गर्न आग्रह गरे ।
त्यसैगरी चालु अवस्थाका ठूला आयोजनालाई तीव्रता दिइने जानकारी दिँदै मन्त्री घिसिङले रणनीतिक महत्व र रुपान्तरणकारी केही ठूला आयोजनाहरु तत्काल अघि बढाउने बताए । उनले भ्रष्टाचार न्यूनीकरण र सुशासनमा सरकारको प्राथमिकता रहने उल्लेख गरे ।
“आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्त जिम्मेवारीबाट हटाइनेछ । असल नियत राखी ढुक्क भएर काम गर्नुहोस् । देशको अवस्था हेरेर अहिले १८ घण्टा खटिएर काम गर्नुहोस्”, मन्त्री घिसिङले भने ।
उनले आफूले प्राप्त गर्ने तलब भत्ता र सुविधाहरु जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गरेका सहिदहरुका परिवारलाई उपलब्ध गराउने बताएको छ । आफना सुरक्षाका हिसाबले आवश्यक सुरक्षाकर्मी मात्र लिने उनले बताए।
प्रकाशित समय : १७:२८ बजे



















