nmb bank

गृहपृष्ठ खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु

खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु

खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु

बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल सुरु गरेको छ ।

लिमिटेडले आजदेखि सुरु गरेको सहुलियत पसलमा प्रतिकेजी पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए । दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रतिकेजी रु पाँच छुट गरिएको छ । यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायत सामग्रीमा प्रतिलिटर र प्रतिकेजी सात छुट दिइएको छ ।

चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा प्रतिकेजी १० छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए । सहुलियत पसल छठसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु