गृहपृष्ठ सेवा अवरुद्ध भएकोमा भायानेटले माग्याे माफी
सेवा अवरुद्ध भएकोमा भायानेटले माग्याे माफी
भायानेटले हालै इन्टरनेट र भायटिभी सेवामा आएको अवरोधका लागि ग्राहकहरूसँग माफी मागेको छ।
भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले थापाथलीमा रहेको सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको कम्पनीको प्रमुख डाटा सेन्टरमा क्षति पुर्याएको भायानेटले जनाएको छ ।
यद्यपि ब्याकअप डाटा सेन्टरहरू रहेको पनि भायानेटले जनाएको छ। यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त भएनन् र सेवा देशभर अवरुद्ध हुनपुगेको कम्पनीले उल्लेख गरेको छ।
प्रकाशित समय : २०:२५ बजे

















