global ime bank Long Banner Ad

गृहपृष्ठ सेना प्रमुखलगायतको संयुक्त अपिल : संयमित हुनुहोला

सेना प्रमुखलगायतको संयुक्त अपिल : संयमित हुनुहोला

सेना प्रमुखलगायतको संयुक्त अपिल : संयमित हुनुहोला

काठमाडौं । सोमबारदेखि काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै सुरक्षा निकायका प्रमुखहरुले संयमित हुन आग्रह गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मुख्य सचिव, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, गृह सचिव, अनुसन्धान विभागका प्रमुखहरुले संयुक्त अपिल गर्दै संयमित हुन आग्रह गरेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको र थप जनधनको क्षति हुन नदिन अपिल गरेको हो ।

अपिल पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं ।’

विषम परिस्थितीमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिल समेत गरेको हो ।

 

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु