global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स

अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स

अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स

वैदेशिक सहायता कार्यक्रमअन्तर्गत अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको छ ।

बिहीबार गौचरस्थित मध्यएयर वेशमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकाका राजदूत डीनआर थम्पसनले प्रधान सेनापति अशोकराज सिग्देललाई उक्त स्काई ट्रकहरू हस्तान्तरण गरेका हुन् ।

अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालीन उद्धारका लागि प्रयोग हुने नेपाली सेनाले जानकारी गराएको छ ।

परराष्ट्र मन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिएकी छन् ।

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु