global ime bank Long Banner Ad

गृहपृष्ठ लुटिएको घटनामा अनुसन्धान सुरु

लुटिएको घटनामा अनुसन्धान सुरु

लुटिएको घटनामा अनुसन्धान सुरु
नुवाकोटको तारकेश्वर गाउँपालिका–१ स्थित सेल्डाँडामा गत बुधबार राति ७० लाख रुपैयाँ नगद लुटिएको भनेर दाबी गरिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
स्थानीय खम्बासिंह लामाको घरमा प्रवेश गरेका अज्ञात समूहले नगद लुटेको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।
घटनास्थल पुगेका प्रनाउ लामाकाअनुसार मध्ये रातमा आएका करीब छजनाको समूहले घरमा रहेका चार जनालाई नियन्त्रणमा लिएर नगद लुटेको पीडित परिवारले दाबी गरेका छन् ।
“घटनास्थलको अध्ययन र पीडित परिवारसँगको बयानका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानमा नगद चोरी भएको घटनाको थप तथ्य आवश्यक छ”, उनले भने, “नगदको आयस्रोत, घटनामा संलग्न सम्भावित व्यक्तिको पहिचानलगायत सन्दर्भमा अनुसन्धान भइरहेको छ ।”
६३ वर्षीय खम्बासिंहसहित उनको छोरा, बुहारी र नातीको मुखमा पट्टी लगाइ हातखुट्टा बाँधेर नगद लुटिएपछि छिमेकीमार्फत उनीहरुको उद्धार गरिएको वडा नं १ का अध्यक्ष चक्र तामाङले जानकारी दिए।
त्यसलगत्तै प्रहरी चौकी दाङसिंहको प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतको टोली आज अपराह्न घटनास्थल पुगेको हो ।
स्थानीयका अनुसार कृषि पेसामा आबद्ध खम्बासिंहले स्थानीय गाउँघरमा पशुचौपाया, अन्नबालीको कारोबार गर्दै आएका थिए । लुटिएको भनिएको उक्त रकम सोही माध्यमबाट सङ्कलन गरेको उनले प्रहरी समक्ष बयान दिएका छन ।

प्रकाशित समय : २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु