global ime bank Long Banner Ad

गृहपृष्ठ एभरेष्ट बैंकले लाभांश घोषणा गर्‍यो

एभरेष्ट बैंकले लाभांश घोषणा गर्‍यो

एभरेष्ट बैंकले लाभांश घोषणा गर्‍यो

एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई वितरण गर्न १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। बैंकको भाद्र १९ गते बिहीबार बसेको सञ्चालक समितिको २०७ औँ बैठकले उक्त निर्णय गरेको हो।

बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार, कुल २० प्रतिशत लाभांश घोषणा गरिएको छ। जसमध्ये, १४ प्रतिशत नगद लाभांश रहेको छ । यो नगद लाभांशबाट बोनस शेयरमा लाग्ने कर समेत बेहोरिनेछ ।

त्यसैगरी, सेयर धनीहरूलाई ६ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव गरिएको छ। यो प्रस्ताव बैंकका कम्पनी सचिव सुरेश चापागाईँले नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरी जानकारी गराएका छन्, जसको बोधार्थ नेपाल धितोपत्र बोर्डलाई पनि दिइएको छ।

बैंकले सिफारिस गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्र कार्यान्वयनमा आउनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् आगामी वार्षिक साधारण सभामा अन्तिम अनुमोदनका लागि पेस गरिनेछ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु