स्मार्ट च्वाईस टेक्नोलोजिजको थ्रीडीएस एसीएस सेवा सुरु
वि.सं.२०८२ भदौ १९ बिहीवार १३:१९
shares

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा सफलतापूर्वक सुरुवात गरेको छ । ACS विश्वव्यापी 3D Secure प्रोटोकलको महत्वपूर्ण अंग हो, जसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्छ ।
Global IME Bank नेपालमा SCT को 3DS ACS सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै, NMB Bank लाई पनि यो सेवा प्रदान भइसकेको छ, जसले यस सेवाको पहुँच अझ विस्तार गरेको छ । यी सहकार्यहरु मार्फत Global IME Bank र NMB Bank का कार्डबाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउनेछन् ।
























