global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । ९२२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको उक्त आयोजनाबारे सभापति कुसुमदेवी थापाको अध्यक्षतामा बसेको समितिको बैठकमा वन तथा वातावरण मन्त्रालय, अपर तामाकोशी हाइड्रोपावरका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल भएको थियो ।

छलफलपछि समितिले आयोजना निर्माण सुचारु गर्न आवश्यक वातावरणीय व्यवस्थापन योजना परिमार्जनसहित सहजीकरण गर्न निर्देशन दिएको हो । यससँगै २०७९ साल चैत ५ गते स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन र लगानी सहजीकरणसम्बन्धी कानूनी संशोधनमा सर्वोच्च अदालतको आदेशपछि देखिएको अन्योल समाधानका लागि स्पष्ट नीतिगत निर्णय गर्न सरकारलाई आग्रह गरिएको छ ।

समितिले आयोजना अघि बढाउन पहिले नै सर्वेक्षण अनुमति र उत्पादन अनुमति प्राप्त गरी लगानी गरिसकेका कम्पनीहरूको प्रक्रिया सहज बनाउन तथा कानूनी जटिलता समाधान गर्न वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ ।

प्रकाशित समय : ०९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु