global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट दिने भएको छ । यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सकिने छ ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु