global ime bank Long Banner Ad

गृहपृष्ठ पशुपति वेद वृद्धाश्रमका बटुकहरूको श्रावण स्नानगरी व्रत सुरु

पशुपति वेद वृद्धाश्रमका बटुकहरूको श्रावण स्नानगरी व्रत सुरु

पशुपति वेद वृद्धाश्रमका बटुकहरूको श्रावण स्नानगरी व्रत सुरु

काठमाडौँ । पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले श्रावण स्नान गरेर व्रत सुरु गरेका छन् ।
श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि बटुकहरूले स्नान गरेर व्रत सुरु गरेका हुन् ।

आजकै दिन तागाधारीले आफ्नो यज्ञोपवीत फेर्ने रक्षा बन्धन बाँधने र सो यज्ञोपवीत र रक्षा बन्धन एक वर्षसम्म राख्नुपर्ने परम्परासमेत रहेको वृद्धाश्रममा चिरञ्जीवि भट्टराईले जानकारी दिए ।
त्यस्तै उनले आज श्रावण स्नानहरु पूरा गरेको बताउँदै अब गायत्री जपको लागि अगाडि बढ्ने जानकारी दिए ।

उनले भने,‘हामीले श्रावण स्नानहरु पूरा गर्यौं । अब श्रावण स्नान पूरा गरेपछि गायत्री जपको लागि अगाडि बढ्छौं । श्रावण स्नान भनेको वैदिक कर्ममा विशेष गरेर यज्ञोपवीत संकार भइसकेकाहरुले हरेक वर्षमा आउने श्रावणमा गरिने स्नानलाई श्रावण स्नान भनिन्छ । यसको अर्को नाम उपाकर्म पनि हो । यो नवनिर्मित यज्ञोपवीतलाई वैदिक रुद्राभिषेक पद्धतिद्धारा मन्त्र गरेर त्यही यज्ञोपवीत एक वर्षसम्म हरेक महिनाको पूर्णिमामा यज्ञपवित परिवर्तन गर्ने रक्षा बन्धन बाँध्ने र त्यही यज्ञोपवीत र रक्षा बन्धन एक वर्षसम्म प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ ।’

यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्नुपर्ने पनि उनले जानकारी दिए ।

व्रत बसेका तागाधारीले आज बिहानै ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।

 

 

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु