global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ उद्योग समितिद्वारा स्थलगत अध्ययन प्रतिवेदन पारित

उद्योग समितिद्वारा स्थलगत अध्ययन प्रतिवेदन पारित

उद्योग समितिद्वारा स्थलगत अध्ययन प्रतिवेदन पारित

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्र्रियासम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

समितिको आजको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालयलगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रियासम्बन्धी प्रतिवेदन पारित गरेको हो ।

समितिअन्तर्गत गठित विभिन्न समितिले बाँके, बर्दिया, सुर्खेतका उद्योग तथा भन्सार कार्यालय, झापा मोरङ, सुनसरी र उदयपुरका उद्योग तथा भन्सार कार्यालय, मकवानपुर र धनुषाका अन्तरक्र्रिया, स्पन्ज आइरन र विलेट्स उद्योगको अनुगमन तथा रुपन्देही, दाङ, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व र पश्चिम०का उद्योग र भन्सार कार्यालयको अनुगमन गरेको थियो ।

यस्तै, समितिले नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरको छात्रावासको स्थलगत अध्ययन गरी सरोकारवालालाई निर्देशन दिएको थियो ।

समितिका सभापति अब्दुल खाँनले उपसमितिले दिएका प्रतिवेदनलाई एकीकृत गरी मूल प्रतिवेदन तयार गरिने र छिट्टै संसद्मा पेस गरिने बताए । समितिका सदस्यहरुले संसद्मा पेस गरेर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताए । रासस

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु