global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सुडानले झुटो दाबी गरेको युएईको भनाइ

सुडानले झुटो दाबी गरेको युएईको भनाइ

सुडानले झुटो दाबी गरेको युएईको भनाइ

संयुक्त अरब इमिरेट्स (युएई) ले कोलम्बियाली भाडाका सैनिक बोकेको अमिराती विमान ध्वस्त पारेको सुडानको सशस्त्र बलको घोषणालाई बिहीबार खण्डन गरेको छ।

डार्फरको न्याला विमानस्थलमा युएईको विमानमाथि बम प्रहार भएको र यसबाट विमान पूर्णरुपमा ध्वस्त भएको जनाएको थियो। सरकारी टेलिभिजनका अनुसार उक्त विमानले खाडीको एक एयरबेसबाट दर्जनौँ विदेशी लडाकु र आरएसएफका लागि लक्षित सैन्य उपकरणहरू लिएर उडेको थियो।

सुडानले सन् २०२३ को अप्रिलदेखि आफ्नो सेना र अर्धसैनिक -यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध जारी राखेको छ र सुडानी सेनाले अबुधाबीलाई आफ्नो प्रतिद्वन्द्वीलाई लामो समयदेखि सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

सुडानको सरकारी टेलिभिजनले बुधबार सुडानको वायु सेनाले युद्धग्रस्त डार्फर क्षेत्रको अर्धसैनिक बल नियन्त्रित विमानस्थलमा अवतरण गर्ने क्रममा भाडाका लडाकु चढेको अमिराती विमानमाथि आक्रमण गर्दा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको थियो।

युएई स्रोतले एएफपीसँग भनेको छ, “यो निराधार आरोप हो । यो पूर्णतया गलत हो र यसमा कुनै प्रमाणिक आधारको अभाव छ । सुडानको अमिराती विमानमाथि आक्रमण गरेको भन्ने भनाइले भ्रामक सूचना र विचलनको जारी अभियानको निरन्तरताको प्रतिनिधित्व गर्दछ।

हालसालै सुडानी सेनाले न्याला विमानस्थलमा पटक–पटक हवाई आक्रमण गर्दै आएको छ ।

अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेनाले संयुक्त अरब इमिरेट्स (युएई) ले विमानस्थलमार्फत आरएसएफलाई ड्रोनलगायत अत्याधुनिक हतियार उपलब्ध गराएको आरोप लगाएको छ ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु