global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ उत्तराखण्ड बाढीमा धादिङका ४ जना पनि परेको आशंका

उत्तराखण्ड बाढीमा धादिङका ४ जना पनि परेको आशंका

उत्तराखण्ड बाढीमा धादिङका ४ जना पनि परेको आशंका

भारतको उत्तराखण्डमा हालै आएको बाढीमा धादिङका ४ जना नेपाली पनि आशङ्का गरिएको छ ।

धादिङ ज्वालामुखी गाउँपालिका वडानम्बर २ का चार जना नेपाली बाढी पहिरोमा परेको आशंका गरिएको छ ।

ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन छन् ।

उनीहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहेपनि त्यसपछि सम्पर्कविहीन छन् । परिवारका सदस्यहरूले उनीहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गरेका छन् ।

परिवारका सदस्यहरूको आग्रह अनुसार गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई खोजीका लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

 

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु