गृहपृष्ठ ‘विपद् पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन जरुरी छ’

‘विपद् पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन जरुरी छ’

‘विपद् पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन जरुरी छ’

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो, व्यवस्थित तथा सर्वसुलभ बनाउन आवश्यक रहेको बताएका छन ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित ‘गृहमन्त्रीसँग विपद्’ संवादमा उनले समयमा पूर्वसूचना दिन सकेमा विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सकिने बताए ।

“विपद् प्रतिकार्यका लागि हामीले काम गरिरहेका छौँ । अझै सबैको सहकार्यमा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक छ,” उनले भने “अब विपद्को समयमा सर्वसाधारणलाई मोबाइलमा एसएमएस मात्र होइन, फोन नै गरेर पूर्वसूचना दिन जरुरी छ ।”

नेपालमा जुनसुकै समयमा पनि बहुप्रकोपीय जोखिम रहने भएकाले सोअनुसार आवश्यक तयारी थाल्नुपर्ने मन्त्री लेखकको जोड रहेको छ । मित्र राष्ट्रमा देखिएको हिमतालको जोखिमका कारण पनि नेपाललाई असर परिरहेकाले सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन जरुरी रहेको मन्त्री लेखकको भनाइ छ ।

प्रकाशित समय : २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु