global ime bank Long Banner Ad

गृहपृष्ठ विदेशी भूमिमा षड्यन्त्र गरेको पश्चिमा आरोप ‘आधारहीन’ भएको इरानको दावी

विदेशी भूमिमा षड्यन्त्र गरेको पश्चिमा आरोप ‘आधारहीन’ भएको इरानको दावी

विदेशी भूमिमा षड्यन्त्र गरेको पश्चिमा आरोप ‘आधारहीन’ भएको इरानको दावी

तेहरानले पश्चिमा मुलुकका विद्रोही, पत्रकार र अधिकारीलाई मार्ने वा अपहरण गर्ने प्रयास गरेको भन्ने अमेरिका र उसका एक दर्जनभन्दा बढी सहयोगी राष्ट्रको आरोपलाई शुक्रबार खण्डन गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक विज्ञप्ति जारी गर्दै उक्त दाबीलाई ‘आधारहीन’ भन्दै यसलाई ‘प्यालेस्टाइनमा भएको नरसंहार’ भन्ने आजको सबैभन्दा महत्वपूर्ण मुद्दाबाट जनताको ध्यान मोड्ने प्रयास भएको बताएको छ ।

संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीलगायत पश्चिमा सरकारहरूले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “आफ्नो देशमा इरानी गुप्तचर सेवाहरूबाट बढ्दो सङ्ख्यामा खतराको देखिएको र यसको यसको सशक्त निन्दा गरिन्छ।” “हाम्रो सार्वभौमिकताको ठाडो उल्लङ्घन गर्दै युरोप र उत्तर अमेरिकामा मानिसहरूलाई मार्ने, अपहरण गर्ने र उत्पीडन गर्ने इरानी गुप्तचर सेवाहरूको प्रयासको विरोधमा हामी एकजुट छौं,” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “यी सेवाहरूले पत्रकार, विद्रोही, यहूदी नागरिक र युरोप र उत्तरी अमेरिकाका वर्तमान र पूर्व अधिकारीहरूलाई लक्षित गर्न अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनसँग सहकार्य गरिरहेका छन्।”

बाकाईले भने, “आरोपहरू ‘स्पष्टरूपमा मनगढन्ते र महान इरानी राष्ट्रमाथि दबाब सिर्जना गर्ने’ उद्देश्यले दुर्भावनापूर्ण ‘इरानोफोबिया’ अभियानको एक भागको रूपमा डिजाइन गरिएको देखिन्छ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु