global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ

‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ

‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ

टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्नेभएको छ ।

आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ । चलचित्रका निर्देशक एवं हास्यकलाकार घिमिरेले आम मानिसको भोगाइलाई चलचित्रमा देखाइने बताए ।

उनले भने, “एउटा घरपरिवारमा भइरहने घटनाक्रमलाई समेटेर चलचित्र तयार गर्दैछौँ । आफ्ना अग्रज एवं समकक्षीसँग मिलेर पहिलो चलचित्र बनाउँदै छु, हामीले देखिरहेका र सुनिरहेका तर नसोचिएको विषयलाई समेटेर चलचित्र निर्माण हुनेछ ।”

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु