global ime bank Long Banner Ad

गृहपृष्ठ ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

काठमाडौंको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बा प्र ०१– ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा प्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु