गृहपृष्ठ कालीगण्डकी सडक अवरुद्ध
कालीगण्डकी सडक अवरुद्ध
पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । पहिरो पन्छाउने प्रयास जारी छ ।
प्रकाशित समय : १०:२१ बजे


















