गृहपृष्ठ जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथिको छलफावार छलफल अन्तिम चरणमा पुर्‍याएको छ । समितिको आजको बैठकमा सो ऐनको परिच्छेद ९ अन्तर्गत विभिन्न दफामाथि छलफल भएको सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन।

“विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा पुगेको छ, अबको दुईरतीन वटा बैठकमा दफावार छलफल सक्छौँ”, उनले भनिन । विसं २०८१ जेठ २१ गते सदनमा प्रस्तुत भएको सो विधेयक प्रतिनिधिसभाबाट २०८२ जेठ ५ गते पारित भएको थियो ।

सरकारले जलस्रोतको उपयोग, संरक्षण, एकीकृत र समन्वयात्मक विकास गर्न तथा जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने जल तथा मौसमजन्य प्रकोप र विपद्को प्रभावलाई न्यूनीकरण गर्न उक्त ऐन ल्याएको हो ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु