गृहपृष्ठ नेपाल रिइन्स्योरेन्सका सञ्चालक दिनु पोख्रेलको राजीनामा स्वीकृत
नेपाल रिइन्स्योरेन्सका सञ्चालक दिनु पोख्रेलको राजीनामा स्वीकृत
नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक दिनुका पोख्रेलले राजीनामा दिए ।
पोख्रेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आएकी थिइन्। उनले यही साउन २ पारिवारिक, व्यक्तिगत तथा स्वास्थ्य अवस्थाको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।
उनले दिएको राजीनामालाई कम्पनी सञ्चालक समितिको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।
प्रकाशित समय : १३:०४ बजे


















