काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गएको आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट सवा १५ अर्बको धान–चामल आयात

1.39K
shares

वीरगञ्ज नाका हुँदै गएको आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार चार सय ७३ किलोग्राम धान आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गएको आर्थिक वर्षमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा आठ अर्ब २९ करोड रुपैयाँ बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलो धान आयात भएको थियो । कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गएको आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा धान र चामल दुवैको आयात बढेको जानकारी दिए ।

गएको आर्थिक वर्षमा धान मात्रै नभएर चामल आयात पनि बढको छ । आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ४१ करोड रुपैयाँ बराबरको दुई करोड ४८ लाख १३ हजार ५३१ किलो चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ७३ करोड रुपैयाँ बराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७६ किलोग्राम चामल आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा ४० प्रतिशतले चामल आयात बढेको छ । गएको आर्थिक वर्षमा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको १३ करोड ९६ लाख ५९ हजार छ सय २१ किलो मकै आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा पाँच अर्ब ५९ करोड रुपैयाँ पर्ने १२ करोड ९९ लाख १८ हजार एक सय ७३ किलोग्राम मकै आयात भएको थियो । गएको आर्थिक वर्षमा ४७ करोड रुपैयाँ बराबरको ९१ लाख ९२ हजार नौ सय ८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ४३ करोड रुपैयाँ बराबरको ८४ लाख ९५ हजार चार सय ४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो । त्यसैगरी गएको आर्थिक वर्षमा चार करोड रुपैयाँ बराबरको आठ लाख ४७ हजार सात सय ८० किलोग्राम कनिका आयात भएको छ ।