global ime bank Long Banner Ad

गृहपृष्ठ बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् ।

प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् । आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालले गरेका हुन् ।

आजको बोल बम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ । साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनका लागि आज बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए ।

प्रकाशित समय : ०५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु